भ्यालुयर्स एसोसियन पुर्वाञ्चल च्याप्टरको अध्यक्षमा आचार्य निर्वाचित

bar

सुनसरी : नेपाल भ्यालुयर्स एसोसियन पुर्वाञ्चल च्याप्टरको अध्यक्षमा राज आचार्य निर्वाचित भएका छन् । यस्तै  मेची च्याप्टरको अध्यक्षमा  रोशन सुवेदी चयन भएकाछन् ।बिराटनगर भएको  पुर्वाञ्चल च्याप्टरको तेस्रो तथा मेची च्याप्टरको प्रथम अधिवेशनले  आचार्य र सुवेदीलाई उक्त पदमा निर्वाचित गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले मुल्याङ्गन पेशालाई मर्यादित वनाउन चार किल्ला प्रमाणिकरण गर्नलाइ महानगरपालिकाले  सहयोग गर्न बताए ।

कार्यक्रमका विशिष्ट अतिथि ऋषि कोइरालाले मुल्याङ्गन पेशालाई मर्यादित बनाउन नेपाल राष्ट्र वैंकले  सहयोगी भुमिका खेल्नुपर्ने वताए ।

 

सम्बन्धित शीर्षकहरु