सुनसरी क्षेत्र न ४ का सांसद कार्की जनतासंग हातेमालो गर्दै

karki

बिनोद आचार्य
रामधुनी : सुनसरी क्षेत्र न ४ सांसद तथा पुर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निरन्तर स्थानीय जनताका माझ शुखदुखमा हातेमालो गर्दै अघि बढ्न थालेका छ्न । वारम्वार आफ्नो क्षेत्रको कार्यकर्तासँग सम्पर्कमा रहने र आवश्यक सहयोग गर्ने, विकाश निर्माणका विषयमा छलफल गर्ने कार्की विकासका नयाँ प्याकेजहरु लिएर सुनसरीमा छन् ।

सांसद कार्कीले चुनावको समयमा आफुले गरेको वाचा पुरा गर्न  जनतासामु रहेको वताउँछन् ।  पुर्व अर्थमन्त्री समेत रहेका कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मातहतका विभिन्न विकास गतिविधिमा प्रत्यक्ष सहभागी छन् ।

सुनसरीको रामधुनी नगरपालिका वडा न ४ बैठार देखि बराहक्षेत्र नगरपालिका ८ अन्तर्गत वाङ्गेसम्मको बाटोको स्तरउन्नती गरि दुवैतर्फ  नाला निर्माण गर्न साँसद कार्कीको पहलमा काम शूरु भएको छ ।
यो महत्वपुर्ण सडक ढल निर्माण कार्यक्रम पनि महत्वपूर्ण भएको र  जनता आफ्नो प्रतिनिधि यसरी निर्बाचनताका गरेको बाचा कबोल ईमान्दारिपुर्वक पुरा गर्न गाउँ टोलमा आउदा स्थानीयमा उत्साह थपेको  र यसकालागि स्थानीय पनि सकृयताका साथ होस्टेमा हैंसे गर्नु पर्ने समाजसेवी केशव वहादुर खड्काले वताए ।

 

सम्बन्धित शीर्षकहरु