रामधुनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

ball dibas

बिनोद आचार्य
रामधुनी : सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मुल नाराको साथ रामधुनी नगरपालिकाले ३० औ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । रामधुनी ९ डुम्राहास्थित शनिचरे माविमा वक्तृत्वकला र गायन प्रतियोगिता गरेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयबाट पहिलो चरनमा छनौट भएका बिद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । वक्तृत्वकलामा ७ जना र राष्ट्रिय लोक गायन प्रतियोगितामा ७ जना छनौटगरी कार्यक्रममा फाईनल राउण्डमा जम्मा १४ जनाको प्रतिसप्रधा भएको थिए । गायन तर्फमा भासि माबिकी अनिता काफले प्रथम भएकी छन् भने बक्तृत्वकला तर्फ युनिक एकेडेमीका प्रतिक रिजाल प्रथम भइका छ ।

प्रतियोगितामा बक्तृत्वकला तर्फ दोस्रो जेनिस चौधरी(लक्ष्मी मेमोरियल), तृतिय सुरज दंगाल(माउण्ट समिट), रंजु याख्या र उत्सव दाहालले सान्तवना स्थान प्राप्त गरे । गायन तर्फ दोस्रो प्रनिष दाहाल (लालपुर गार्डेन बोर्डिङ्ग),तृतिय आशिका कट्वाल(युनिक एकेडेमी) सान्त्वनामा स्नेहा बिक र अनम्य गौतम हुन सफल भएका छ्न ।

रामधुनी नगरपालिकाको उपप्रमुख सबिना चौधरीको सभापतित्वमा प्रमुख आतिथि प्रदेश १ सभामुख सरस्वती पोख्रेलको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मोनाश्री आचार्यले नगरका सम्पुर्ण वडालाई  बाल मैत्री वडा घोषणा गर्ने तयारी गरिरहेको बताए।

कार्यक्रमको प्रतियोगितामा सामुदायिक र निजि बिध्यालयका बिध्यार्थिहरुले सहभागी रहेको थियो ।

सम्बन्धित शीर्षकहरु