बिद्यालयका शिक्षक शिक्षिकाको हातमा ल्यापटप

school

निरोज कोइराला
भोजपुर  : बिद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई प्रबिधी मैत्री बनाउन बिद्यालयले ल्यापटप बितरण गरेको छ । दरमुकामबाट नजिकै रहेको भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारमा रहेको यसोधरा माध्यामिक बिद्यालयमा कार्यरत २८ जना शिक्षक शिक्षिकालाई ल्यापटप बितरण गरिएको हो । गत आर्थिक बर्षको बजेटबाट प्रबिधि बिकासका लागि ल्यापटप खरिद गरेर बुधवार बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक धुर्व रेग्मीले बताए ।


प्रअ रेग्मीले भने “अहिलेको समयमा शिक्षक शिक्षिकाहरुलाई पनि प्रबिधि मैत्री बनाउन जरुरी भएकाले बिद्यलायमा कार्यरत सवैलाई ल्यापटप बितरण गरिएको हो ।” बिद्यालयमा यसका साथै ई हाजिरी समेत शुरु गरिएको छ । शिक्षक शिक्षिकाको नियमित हाजिरी, बिद्यालय समय र बिवरणका लागि पनि ई– हाजिरी शुरु गरिएको प्रधानध्यापक रेग्मीको भनाई रहेको छ ।
नयाँ विषयबस्तुको खोजी, मल्टिमिडियाको प्रयोग, सामान्य प्रश्नपत्र, उत्तरपुस्तीका तयार, शैक्षिक सामग्री तयार जस्ता कार्य गर्न पनि शिक्षक शिक्षिकाहरुलाई ल्यापटबाट सहज विद्यालयमा कार्यरत शिक्षिका प्रमिला कार्की बताउँछिन ।


भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बिद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई ल्यापटप बितरण गरेका हुन । मेयर आलेले करीब ६८ लाख लागतमा निमाण भएको चार कोठे भवनको समेत उद्घाटन गरेका छन ।

सम्बन्धित शीर्षकहरु