रामधुनीमा बाईक चोर्दा चोद रंगेहात पक्राउ

pakrau

रामधुनी : सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्का वजारबाट दिन प्रतिदिन अपराधिक गति वढ्दै गएको छ । राति पसलको सटर फोडेर वाईक चोर्दा चोदै इलाका प्रहरी कार्यालय पकलीले एक जनालाई रंगेहात पक्राउ गरेको छ ।

झुम्का वजार बाट राति १२ः४५ को समयमा प्रहरीले रंगेहात स्थानीका सुमन चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेको चौधरीले झुम्का बजारमा रहेको एस स्टिकर पसलको सटर फोडेर बाईक चोरी गर्दै गरेको अवस्थामा चौधरीलाई सटर फोड्ने रड सहित रंगेहात  पक्राउ गरिएको पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पकलीले दिएको जानाकारी अनुसार ७ दिनको म्याद थप गरि कारबाहीको लागि अनुसन्धान भइरहेको दाहालले  बताए ।

सम्बन्धित शीर्षकहरु