रामधुनीमा बिपद न्यूनिकरण सम्बन्धी तलिम

ramdhuni

बिनोद आचार्य

रामधुनी : स्थानीय तहमा जनप्रतिनिधी आय लगतै विकासले गति लिन थालेको छ । आ–आफ्नो क्षेत्रलाई कसरी विकास गर्ने र कुन क्षेत्रलाई बढी प्राथमिकता राखी योजना छनौट गर्न शुरु गरेको छ ।
 
योजना अनुसार काम गर्न हाल रामधुनी नगरपालिकाका सम्पुर्ण वडामा बिपद न्यूनिकरण संबन्धि तलिम संचालन भइरहेको छ ।

रामधुनी नगरपालिकाको आयोजना र फरर्वड चितवन र प्लाट नेपालको सहकार्यमा तालिम शुरु भएको छ । नगरमा भएका समस्या र विकास कार्यमा कुन वडाको कुन क्षेत्रलाई प्रर्थमिक्त दिने भनि नगरलाइ काम गर्न र प्रदेश देखी केन्द्र सरकार सम्म संमन्वय गरि अघि  बढ्न सहज हुर्ने वडा न ४ का अध्यक्ष मनिस चौधरीले जानकारी दिए । नगरका विकासकाका काममा बिभिन्न संघ संस्थाले प्रत्यक्ष सहयोग गदै आएको पाईन्छ ।

रामधुनीको समग्र विकासले तिव्र गति लिदै गरेको ठाँउ र त्यमा पनि विभिन्न जात जातिका मानिसहरु बसोबास गर्ने क्षेत्र तथा पिछडिएको बस्ती भएकोे क्षेत्रमा आवश्कता रहेको तालिममा सहभगीहरु बताउछन् ।
तलिमको सहजीकरण  रविन ठाकुरले गरेका थिए । जनप्रतिनिधी, टोल विकासका प्रतिनिधीले आ – आफ्नो टोलको समस्यालाई नक्सा तयार गरी प्रतुस्त गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु