जनकपुरधाममा नाट्य महोत्सव हुने

natak. janakpur

तुलसा भट्टराई

जनकपुरधाम : मैथिली विकास कोष जनकपुरधामको आयोजनामा  ६ दिवसीय  नाटक महोत्सव हुने भएकोछ । कोषले सोमबार पत्रकार सम्मेलन गरेर  फागुन १८ गतेदेखि हुने  महोत्सवबारेमा जानकारी गराएको हो । महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न देशका नाट्य सस्ंथा तथा भाषाविद् र कलाकर्मीको सहभागीता रहनेछ ।

 महोत्सवमा नाट्य प्रदर्शनको साथ साथै मैथिली भाषामा केन्द्रित भएर प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनको प्रभाव, भाषा साहित्य संरक्षणमा देखिएको चुनौती, मातृभाषा संस्कृति र युवा, मैीथली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षा, केन्द्रिकृत पत्रकारिता र सांस्कृतिक भुमिकाको नेपाल–भारतका विज्ञबीच सम्वाद तथा छलफल हुने आयोजक संस्थाका संयोजक जीवनाथ चौधरीले जानकारी दिए ।

महोत्सवमा मिथिला र मैथिलीमा केन्द्रित भएर सांस्कृतिक कार्यक्रमकोे साथे मिथिला भोजन, पुस्तक प्रदर्शनी, लोक कला आ ललितकला पनि प्रदर्शन गरिनेछ । महोत्सवमा १८ लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान छ रहेको छ । जसमा प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने र अरु व्यवस्थापन कोषले गर्ने  छ ।

 

सम्बन्धित शीर्षकहरु